निर्मला पन्तले न्याय नपाउने नै हो ?

निर्मला पन्तले न्याय नपाउने नै हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते एक वर्ष पुगेको छ । विगत एक वर्षमा निर्मला पन्तको हत्या प्रकरणबारे सडकदेखि सदनसम्म चर्को आवाज उठिसकेको छ । सडक आन्दोलनदेखि चरणबद्ध संघर्षका कार्यक्रम गरिए, रिले अनसनदेखि हरेक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइसकिएको छ । तर न निर्मलाका हत्यारा पत्ता लागे, न त निर्मलाले न्याय पाइन् ।

निर्मला प्रकरण एउटा प्रतिनिधि घटना हो । निर्मलाजस्ता सयौँ चेली अपराधीको सिकार भइरहेका छन् । हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता दर्जनौँ आपराधिक घटना बढोत्तरी हुँदै छन् । दण्डहीनता मौलाइरहेको छ ।

कतिपय बलात्कारका घटना प्रहरीसम्म आइपुग्दैनन् । सामाजिक लाञ्छना, डरत्रास र भावी जीवनमा पर्न सक्ने असरका कारण नेपाली समाजमा घटना सकभर लुकाउने, दबाउने, मिलापत्र गर्ने, आर्थिक प्रलोभन देखाएर अपराधी जोगाउनेजस्ता प्रवृत्ति विद्यमान छ । समाजका भद्रभलाद्मी, सामाजिक अगुवा र राजनीतिक दबाबमा पनि दण्डहीनता बढिरहेको छ ।

विडम्बना १ निर्मला पन्तको बलात्कारपश्चात् हत्या भएको विषयलाई गृहमन्त्री रामबहादुर थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत राजनीतिकरण गरिएको आरोप लगाए । उनले ‘निर्मला घटनाका प्रकरणहरू यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ, हामी जुन ढंगको अवस्थामा छौँ, त्यस किसिमको अपराधलाई पूर्णरुपमा निषेध गर्न सक्दैनौँ’ भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए । यो खबर आजको समाचारपत्रमा छ ।