क्रान्तिकारीमा इतिहासमै पहिलो पटक चुनावः अध्यक्षमा शर्मा, तामाङ र अर्यालको भिडन्त

क्रान्तिकारीमा इतिहासमै पहिलो पटक चुनावः अध्यक्षमा शर्मा, तामाङ र अर्यालको भिडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेकपा (माओवादी) केन्द्र निकट अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि अन्ततः निर्वाचन हुने भएको छ।

सहमतिको प्रयासले सार्थकता नपाएपछि निर्धारण गरिएको उम्मेदवारको मनोनयन दर्तामा अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।

 

सोमबार अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएकोमा अध्यक्षका लागि अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन्। मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ।

 

निर्वाचन समितिका संयोजक रमेश मल्लका अनुसार ३३ पदाधिकारीसहित दुई सय ४३ पदका लागि करिब तीन सयले उम्मेदवारी दर्ता गराएका छन्।
नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि राजधानीमा जारी छ। सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन्।