जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – प्रहरीले दुधौली नगरपालिका–८ खोरभञ्जाङबाट जुवातास खेल्दाखेल्दै ७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय लोकबहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा दुधौली नगरपालिका–१२ बस्ने २१ वर्षीय सन्देश बुढाक्षेत्री समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५५ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।