अपहरणमा परेका भनिएका तरुण दलका कार्यकर्ता प्रहरी खोरमा

अपहरणमा परेका भनिएका तरुण दलका कार्यकर्ता प्रहरी खोरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जबाट अपहरणमा परेको भनिएका नेपाल तरुण दलका कार्यकर्ता उपनेश कुमार चौरसीया विहिबार परिवारको सम्कर्पमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ।

पर्साको विन्दवासीनी गाउँपालिका-४ मधवल घर भएका २३ वर्षीय उपनेश चौरसीयाले आफू अपहरणमा परेको भनेर झुठो हल्ला फिजाएकाले पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

चौरसियासँगै अपहरणको झुटो हल्ला फिजाएका मधवलकै २१ वर्षीय सनुपदास तत्वालाइ पनि गरेको छ। दुवै जनाविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ। अपहरणको हल्ला गर्ने मधवलकै २८ वर्षीय उत्तम भनिने निरन्जन तिवारी र २८ वर्षीय एजाजुल मिया अन्सारी फरार छन्। उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ।

साथीहरुसँग लिएको ऋण तिर्न नसकेपछि उपनेशले घरपरिवारबाट पैसा माग्नका लागि सनुप, निरन्जन र एजाजुलको सहयोग लिएर आफू अपहरणमा परेको योजना बनाइ झुठो हल्ला फिजाएको एसपी राठौरले बताए। उनका अनुसार मंगलबार घण्टाघर चोकबाट अपहरणमा परेका भनिएका उपनेशले मोटरसाइकलमा निरन्जन र एजालुललाई लिएर रक्सौल पुगेका थिए। यो समाचर अन्नपूर्णपोष्ट दैनिकमा छ ।