प्रधानमन्त्री ओली विदेशमा हुँदा प्रचण्डको सक्रियता बढ्यो

प्रधानमन्त्री ओली विदेशमा हुँदा प्रचण्डको सक्रियता बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्।

उनले केही दिनयता नेताहरुलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्। ‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरुसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘आवश्यक ठानिएका सचिवालय र स्थायी समिति सदस्यहरुलाई बोलाएर कुराकानी गरिरहनुभएको छ।’ यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।