नेपाल ट्रस्टको जग्गा सशस्त्र प्रहरीको कब्जामा

नेपाल ट्रस्टको जग्गा सशस्त्र प्रहरीको कब्जामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह) को सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी नेपाल ट्रस्टको जग्गा कब्जा गरेर बसेको छ। तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको जग्गा तथा सम्पत्तिको अनुगमन गर्ने क्रममा यो तथ्य फेला परेको हो।

काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित घरसहितको १ रोपनी ६ आना १ दाम जग्गा सशस्त्रले ओगटेर बसेको छ। कित्ता नम्बर १५ मा रहेको यो जग्गा नेपाल ट्रस्टको नाममा छ। त्यस ठाउँमा सशस्त्र प्रहरी निर्मल निवासको सुरक्षार्थ बसेको हो। नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ बसेको सशस्त्रले ओगटेको त्यो जग्गासहित काठमाडौं विभिन्न स्थानमा ट्रस्टको जग्गाको अनुगमन गरेका छन्।

लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक बसेको ६ रोपनी १३ आना १ दाम जग्गा पनि ट्रस्टकै हो। सन् २००५ देखि बैंक त्यहाँ बसिरहेको छ। १५ वर्षका लागि बैंकले जग्गा लिजमा लिएको छ। वार्षिक १ करोड भाडा तिर्छ। नारायणहिटी दरबारको अगाडिको काठमाडौं–१ स्थित थामसेर्कु ट्रेडिङले ३० वर्षका लागि लिजमा लिएको जग्गामा निर्माणाधीन भवनको पनि अनुगमन गरिएको छ।

मन्त्री पोखरेलले काठमाडौं–१३ सोल्टीमोडमा ४ सय ३ रोपनीको पनि अनुगमन गरेका छन्। त्यहाँ गरिबी निवारण कोष, वैदेशिक रोजगार विभाग कार्यालय ट्रस्टकै जग्गामा छ। छाउनीमा रहेको पूर्वअधिराजकुमारी प्ररेणा शाहले कब्जा गरेको १५ रोपनी १ आना, काठमाडौं–१२ टेकुको १९ रोपनी १२ आनामा रहेको बिजनेस पार्कको अनुगमन निरीक्षण मन्त्री पोखरेलले गरेका छन्। ०५३ सालमा यो पार्क पनि ३० वर्षका लागि लिजमा दिइएको थियो। उसले वार्षिक ४० लाख बुझाउँदै आएको छ। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।