बाहुबलीकी चर्चित कलाकारले गरिन आत्महत्या


एजेन्सी – चर्चित फिल्म ‘बाहुबली’ की चर्चित कलाकारले भारतीले आत्महत्या गरेकी छिन् । भारतीको मृत्युपछि अभिनेता मधुप्रकाशलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई दिन अगाडि उनकी पत्नी भारतीले घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन् । केहि दिनदेखि भारती निकै तनाबमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले मधुप्रकाशलाई दाइजो उत्पीडन मामिलामा पक्राउ गरेको हो ।

भारतीका बाबुले मधु प्रकाशविरूद्ध दाइजो उत्पीडनका कारण छोरीले आत्महत्या गर्न बाध्य भएको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । भारतीले मधुलाई यसैकारण फोनमा आत्महत्या गर्ने धम्की दिदैं आएकी थिइन् ।

मधुले जिमबाट फर्किदा पत्नीलाई झुण्डिरहेको अवस्थामा भेट्टाएका थिए । आत्महत्याको कारण दाइजोका साथमा मधुको सहकर्मी कलाकारसँगको निटक सम्बन्धको शंकाका कारण पनि भएको हुनसक्ने भारतीय सचारमाध्यमहरुले बताएका छन् । यहि विषयमा दुबैको झगडा भइरहने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement