नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा

नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपाले वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा गरी झलनाथ खनालाई तेस्रो वरीयतामा ल्याएको छ । यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका थिए ।

तत्कालीन एमाले र माओवादीको एकताका क्रममा खनालभन्दा नेपालको वरीयताक्रम माथि राखिएको थियो। जुन निर्णयमा खनालले त्यसबेलादेखि नै ‘रिजर्भेसन’ राख्दै आएका थिए। अब नेकपाको वरीयताक्रममा दुई अध्यक्षपछि खनाल र त्यसपछि नेपाल हुनेछन्। याे समाचार कान्तिपुर दैनिकमा छ ।