भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउँदै

भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउने भएका छन् ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट जयशंकरले नेतृत्व गर्ने नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक ४ र ५ भदौमा काठमाडौँमा हुँदैछ ।

संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा भएको थियो ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश मन्त्री नियुक्त भएका जयशंकरको मन्त्रीका हैसियतमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । जयशंकरको भ्रमणलाई नेपालमा चासोका साथ हेरिएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग शिर्ष नेतासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मत्रालयले जनाएको छ ।