काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका उनले आज राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँग भने उनले बुधबार नै भेटवार्ता गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया