प्रहरीलाई ४० हजार घुस दिने एक पक्राउ

प्रहरीलाई ४० हजार घुस दिने एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यविनायक नगरपालिका ५ सल्लाघारीमा प्रहरीलाई प्रलोभनमा पारी घुस दिनेलाई अख्तियारले पक्राउ गरेको छ। प्रहरीलाई ४० हजार घुस दिँदादिँदै भक्तपुर नगरपालिका १ का गंगालाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। श्रेष्ठले जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिन प्रहरीलाई घुस दिएका थिए। उनले सल्लाघारीमा घर भाडामा लिएर जुवा तास खेलाउने गरेका थिए।

जुवा तास खेलाइरहेको अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरले श्रेष्ठसहित छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्ति समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको थियो। धरौटीमा छुटेका श्रेष्ठले मुद्दा मिलाइ दिन प्रहरीलाई घुस दिएका थिए। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।