काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले दश प्रतिशत वोनश तथा एघार प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५/०७६ को लागि प्रति शेयर १० (१०%) ले हुन आउने रकम ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० शेयर लाभांश तथा ११.०५२६ (११.०५२६%) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गर्नेछ ।
बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी र शेयर पुँजी तथा कोषमा प्रतिफल क्रमशः ३४.२२ र २२.७३% आर्जन गर्न सफल भएको छ ।




प्रतिक्रिया