प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य,अर्को हप्ता उपचार समाप्त हुने

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य,अर्को हप्ता उपचार समाप्त हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अर्को सातासम्म पूरा हुने भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अर्को सातासम्म उपचार समाप्त हुने जनाएका छन् । रिमाल समेत हाल प्रधानमन्त्री ओलीसंगै सिंगापुरमा छन् । उनले प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यसिंह शाहलाई उद्धृत गर्दै उपचार प्रक्रिया अर्को साता सकिने बताएका हुन्। शाह बुधबार स्वदेश फर्किसकेकी छन् । रिमालकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

‘सम्मानीय प्रधानमन्त्रीज्युको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ। उहांको निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ। एहांको अनुसार यो उपचार प्रकृया अर्को सातामा पुरा हुनेछ। प्रधानमन्त्रीज्युको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ,’ रिमालले ट्वीट गर्दै भनेका छन्।

प्रधानमन्त्री ओली एक एक महिना अघि स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर पुगेका थिए । प्रधानमन्त्रीको मृगौलाको क्षमता अभिवृद्धिसम्बन्धी सिंगापुरको नेशनल युनिभर्सीटी अस्पतालमा उपचार भैरहेको छ।