सशस्त्र प्रहरीद्धारा कटुवा पेस्तोल बरामद

सशस्त्र प्रहरीद्धारा कटुवा पेस्तोल बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा-  धनुषामा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका ३ बिकमपुर स्थित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

औरहीबाट बालगंगातर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएको थियो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाएको छ ।