काठमाडौं – आठ वर्ष पछि नेपाल-भुटानबीच तेस्रो वाणिज्य वार्ता बिहीबार काठमाडौंमा सुरु भएको छ । वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् ।
नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ । ‘भुुटानी प्रतिनिधिमण्डलले तयारी कस्तो गरेको छ त्यसैका आधारमा ब्यापार सम्झौता तय हुनेछ,’ सहसचिव ढकालले भने । यता, नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया