सीप नभएका विरोधी र इख नभएको सरकारले देश डुबाउने हुन् कि भन्ने चिन्ता छ :सांसद विडारी

सीप नभएका विरोधी र इख नभएको सरकारले देश डुबाउने हुन् कि भन्ने चिन्ता छ :सांसद विडारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले, ’सीप नभएका विरोधी र इख नभएको सरकारका कारणले यो देश बिग्रदैं जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताएका छन् ।

विहीबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।  अस्तव्यस्त देश बनाउन खोज्नेहरू बेठिक र अनैतिक तन्त्रलाई लोकतन्त्र भनिरहेका छन्।’ हुकुमी तन्त्र मान्दै आएकाहरूले लोकतन्त्र नबुझेको उनको भनाइ थियो। ’कानुनभन्दा माथि हाम्रो मान्छे छ भन्दा मुलुक प्रगतिमा जान सक्दैन।

व्यवस्थाकै प्रतिपक्ष बन्ने, समग्र संविधानकै विरोधी, आंशिक संविधानका विरोध गर्न हँदैन’, उनले थपे।  उनले कांग्रेससंग विरोध गर्ने सीप नभएको पनि बताए। उनले भने, ’वर्तमान सरकारमार्फत चलिरहेको गणतन्त्र र संघीयताको विरोध गरिरहेका छन् तर सीप छैन। सरकारविरुद्ध जति र जसरी प्रहार भए सबै बेक्कमा भए।’

सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्ने निर्णयको विरोधको कुनै अर्थ नभएको बताएका छन्। गोपनियताको नाममा भिडियो कन्फ्रेन्सको विरोध पानीको फोकाजस्तै फुटेर जाने उनको भनाई छ। प्रधानमन्त्रीले विदेशबाट मन्त्रिपरिषदको बैठक गर्दा खुशी हुनुपर्नेमा विरोध भएको देख्दा आफू अचम्ममा परेको उनले बताए ।