गोरखाको छेपेटारमा प्रभु बैंकको नयाँ शाखा

गोरखाको छेपेटारमा प्रभु बैंकको नयाँ शाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रभु बैंक लिमिटेडले गोरखा जिल्लाको गोरखा नगरपालिका–१०, छेपेटारमा बिहबिार देखि बैंकको छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहकाबीच बैंकको गोरखा शाखा कार्यालयको समुद्घाटन भएको हो।

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए।

उनले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह पनि गरे। छेपेटार शाखा कार्यालय समुदघाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।