एनआईसी बैंकको नयाँ योजना, वल्र्ड रेमिटबाटआएको पैसा प्राप्त गर्नेलाई १०० को रिचार्ज

एनआईसी बैंकको नयाँ योजना, वल्र्ड रेमिटबाटआएको पैसा प्राप्त गर्नेलाई १०० को रिचार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १०० को मोबाइल रिचार्ज गर्ने योजना ल्याएको छ ।

साथै विदेशबाट बैंकको खातामा रकम पठाउँदा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर २०१९ देखि ३१ अक्टोबर २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले बताएका छन् ।