अमेरिकासँग एम-१६ किन्ने प्रक्रिया रद्द, दक्षिण कोरियासँग किन्ने

अमेरिकासँग एम-१६ किन्ने प्रक्रिया रद्द, दक्षिण कोरियासँग किन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाबाट पाँच हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ। बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृत दिएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमिेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको छ।

पाण्डेका अनुसार अमेरिकाको बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ। अमेरिका झैं कोरियासँग हतियार किन्ने समझौता पनि जिटुजी (सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने काम) प्रक्रियाबाट भएको पाण्डले बताए।

दक्षिण कोरियासँग नेपाली सेनाले अन्य युद्ध सामग्री किन्ने गरेको भए पनि राइफल किन्न लागिएको यो पहिलो पटक हो।याे समाचार कान्तिपुर दैनिकमा छ ।