सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


काठमाडौं – आज (बुधबार) सुनको भाउ बढेको छ ।

मंगलबार तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले सुनकाे भाउ बढेको महासंघले जनाएको छ ।