एउटा बैंकको एटीएम अर्को बैंकमा चल्दैन : नेप्स

एउटा बैंकको एटीएम अर्को बैंकमा चल्दैन : नेप्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका अधिकांश बैंकको सिस्टम ह्याक भएपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा नचल्ने जनाएको छ । ‘जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ,’ नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेप्सले आफ्नो सिस्टमले अन्तर्रा्ष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ । हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको नेप्सले प्रष्ट पारेको छ । साथै यस विषयमा सरोकारवालाहरुसँग छलफल जारी रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।