काठमाण्डौ–प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो एक वर्ष कार्यकाल पुगेको उपलक्ष्यमा विशेष सम्बोधन गर्ने भएका छन् । गत भदौ २४ मा थापालाई सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले प्रधानसेनापति थापाले सकलदर्जाहरुलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
थापाले सेनापति भएलगत्तै सकलदर्जालाई सम्बोधन गर्दै आफ्नो भिजन पेपर सार्वजनिक गरेका थिए । यसपटक पनि उनले आफुले एक वर्षमा गरेका कामहरुको वारेमा मातहतका निकायलाई जानकारी गराउने कार्यक्रम छ । त्यसका साथै आगामी वर्षको योजना पनि उनले सार्वजनिक गर्नेछन् ।
प्रधानसेनापतिले पहिलो वर्षलाई नितिगत सुधार र दोस्रो वर्ष कार्यान्वयनको वर्ष भन्ने गरेका छन् । उनले कल्याणकारी योजनालाई प्रभावकारी बनाउने योजना सार्वजनिक गर्ने तयारी गरेको सैनिक स्रोतको दावी छ । उनको प्रधानसेनापतिमा नियुक्तीसंगै सेनाको भर्ना छनौट,शान्ती सेनामा अनियमितता, सरुवा–बढुवामा सोर्स फोर्स र भनसुन गर्ने प्रवृतिको अन्त्य भएको बताईन्छ ।




प्रतिक्रिया