सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – छापावाल सुनको बिहीबार तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।