काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले तत्कालीन नेकपा एमालेका सासंद् डोलबहादुर (डीबी) कार्कीलाई पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएका कार्कीलाई प्रहरीले बुधबार काडमाडौँको सतुंगलबाट पक्राउ गरेको हो। उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो ।
यसअघि तत्कालीन एमालेका तर्फबाट सभासद रहेका कार्की २०६७ भदौमा पक्राउ परेका थिए । पक्राउपछि सोही साल चैतमा ५ लाख धरौटी बुझाएर रिहा भएका उनी प्रहरीको फरार सुचीमा थिए । त्यसवेला कार्कीसँगै स्वामी ब्रम्हानन्द उदास पनि पक्राउ परेका थिए । पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको पहरीले जनाएको छ।




प्रतिक्रिया