उपराष्ट्रपति पुन र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

उपराष्ट्रपति पुन र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी राजदूत डा.मजहर जावेदले शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूत जावेदले शिष्टाचार भेटवार्ता गरेका हुन् । उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो ।

भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए । उवले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने समेत बताए ।

भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताए । उनले पाकिस्तानले सधै शान्ति चाहेको र शान्तिको पक्षमा रहेको समेत बताए ।