विप्लवलाई वार्तामा आउंन पुर्व गृहमन्त्री जनार्दनको आग्रह 

विप्लवलाई वार्तामा आउंन पुर्व गृहमन्त्री जनार्दनको आग्रह 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ- पुर्व गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । उनले देशमा गणतन्त्र स्थापना भइसकेको भन्दै फेरी अर्को युद्धको आवश्यकताको नभएको बताए । 

‘गणतन्त्रमा सबैले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउनेअ वस्था छ,देशमा फेरी नयां युद्ध आवश्यक छैन् ।’ नेता शर्माले भने 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका नेता शर्माले दाङको हापुरेमा भएको शान्ति वार्ताको स्मृतिमा आयोजित शान्ति सम्मेलनमा विप्लवलाई वार्तामा आउन आग्रह गरे । 

उनले विप्लवलाई खुला राजनीतिमा आउन आग्रह गर्दै त्यसका लागी टुडिंखेलमै छलफल गर्न तयार रहेको धारणा राखे ।