विदेशमन्त्री वाङ आईतवार नेपाल भ्रमणमा जानुहुन्छ : चिनियां विदेशमन्त्रालयका प्रवक्ता 

विदेशमन्त्री वाङ आईतवार नेपाल भ्रमणमा जानुहुन्छ : चिनियां विदेशमन्त्रालयका प्रवक्ता 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियां विदेशमन्त्री वाङ यी सेप्टेम्बर ८ मा नेपाल भ्रमणमा आउने भएका छन्  । चिनियां विदेशमन्त्रालयका प्रवक्ता कङ स्वाङले विदेशमन्त्री यी पाकिस्तान र नेपाल भ्रमणमा जान लागेको पुष्टि गरेका छन् । 

उनले भनेका छन् ‘पाकिस्तानका र  नेपालका विदेशमन्त्रीको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल भ्रमणमा जांदैछन् । ’

चिनियां विदेशमन्त्री वाङ पाकिस्तानमा हुन लागेको चीन –पाकिस्तान–अफगनास्तानको तेस्रो त्रिपक्षिय विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी भएर नेपाल भ्रमणमा काठमाडौं आउने कार्यक्रम छ । 

विदेशमन्त्री वाङको नेपाल भ्रमणबारे काठमाडौंपाटीले पहिलो पटक समाचार सार्वजनिक गरेको थियो । 

यो पनि पढ्नुहोस् –

चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारी: विदेशमन्त्री वाङ यी सेप्टेम्बर ८ मा नेपाल आउने