सर्वोच्चले रोक्यो एमबिबिएसको प्रवेश परीक्षा

सर्वोच्चले रोक्यो एमबिबिएसको प्रवेश परीक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोकेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा सर्वोच्चले शुक्रबार रोकेको हो ।

आयुष ओझासमेतले चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो। याे खबर समाचारपत्रमा छ ।