काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले राज्यलाई अर्बाैँ घाटा हुने गरी एनसेलको पुँजीगत लाभकर घट्ने गरी सर्वोच्च अदालतले दिएको आदेश सहि नभएको बताएका छन् ।
नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एनसेलको शेयर खरिद बिक्रीबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसलाले अर्बाैँ घोटाला भएको दाबी गरे। गुरुङले सर्वोच्चले आफ्नै पूर्व फैसलाविरुद्ध गरेको आदेशलाई सच्याउने प्रक्रिया थाल्न सरकारसँग माग गरेका छन्।
यो आदेशले २०७५ माघ २३ गते गरेको सर्वाेच्च अदालतको पूर्णं इजलासले गरेको आदेशको पनि उल्लंघन गरेको उनको भनाई छ। यो आदेशविरुद्ध तुरुन्तै सरकारका तर्फबाट पुनर्अ्पिल गर्न पनि उनले माग गरे। पूर्ण बृहत इजलासमा पुनरावलोकन गर्न उनले सरकारको ध्यानाकर्षण गराए। ‘भदौ ९ गते एनसेलको पुँजीगत लाभकरबारे सर्वोच्चले दिएको आदेशले अर्बाैँको घोटाला गराएको छ। माघ २३ गतेको आदेश विपरीत छ।




प्रतिक्रिया