दसैंमा उपभाेक्तालाई सरकारकाे उपहार: खाना पकाउने ग्यासको मूल्य घट्यो

दसैंमा उपभाेक्तालाई सरकारकाे उपहार: खाना पकाउने ग्यासको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं- दसैं, तिहार, छठ जस्ता चाडपर्व नजिकिदै जाँदा सरकारले खाना पकाउने एलपी ग्यासकाे भाउ घटाएकाे छ।

खाद्यसहितका बस्तुकाे भाउ बढेकाे भन्दै सरकारकाे आलोचना भइरहेका बेला नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको हाे । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइने निगमले विज्ञप्तिमार्फत जनाएकाे छ।

त्यस्तै, निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको भाउ पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउने निगमले जनाएकाे छ।