दाङ – तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ४ प ७८९३ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका ९ गुकाली डाँडास्थित सडक किनारको सिमेन्टको पिल्लरमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक घोराही ९ का २५ वर्षीय मनोज बिक र पछाडि बसेका घोराही ५ धर्नाका २५ वर्षीय दिपक बिक छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।




प्रतिक्रिया