निर्वाचन आयोगमा दर्ताका लागि पुगे २२ दल

निर्वाचन आयोगमा दर्ताका लागि पुगे २२ दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्।

प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुनलागेको हो।

भदौ १६ गतेदेखि मसान्तसम्ममा २२ वटा दलले दर्ताका लागि निवदेन दिएका थिए। २०७४ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका दलहरूले तीनवटै तहको उपनिर्वाचनमा भाग लिन भने दल दर्ता गराउन पर्दैन। २०७४ सालमा भएको निर्वाचनपछि गाभिएका वा एकीकरण भएका वा नयाँ दलले उपनिर्वाचनमा भाग लिन चाहेमा दल दर्ता गराउनुपर्ने हुन्छ।

यही प्रावधानअनुसार आयोगमा राजनीतिक दल हेर्नुहुने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ र ‘समाजवादी पार्टी’ ले पनि दल दर्ताको निवेदन दिएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र एकीकृत नेकपा माओवादीबीच २०७५ जेठ २३ मा औपचारिकरूपमा एकीकरण भई नयाँ दल बनेकाले आयोगमा पुनः दर्ता गर्नुपरेको हो। याे खबर समाचारपत्रमा छ ।