अमेरिकी राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवालीकाे भेट

अमेरिकी राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवालीकाे भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् ।  राष्ट्रसंघको ७४ औं महासभा बैठकका लागि त्यहाँ पुगेका परराष्ट्रमन्त्री ज्ञवालीबीच लोट्टे प्यालेस होटलमा रात्रीभोजकाे अवसरमा भेट भएकाे हाे ।

उक्त भाेज संयुक्तराष्ट्र संघको महासभामा उपस्थित राष्ट्रप्रमुख तथा प्रतिनिधिलाई राष्ट्रपति ट्रम्पले दिएका थिए। भेटमा नेपालको स्थितिबारेमा सामान्य रुपमा राष्ट्रपति ट्रम्पले जिज्ञासा राखेकाे  परराष्ट्रमन्त्री ज्ञवालीले  बताएकाे कान्तिपुरले उल्लेख गरेकाे छ।

महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दैछ।  महासभामा दिगो विकास लक्ष्यका बारेमा पनि निर्धारित र योजना बीचको तालमेल तथा स्रोत–लगानीको आवश्यकताका बारेमा विशेषबैठक मंगलबार सुरु भएको छ।