मोरङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–४ बस्ने ४१ वर्षीय लोक बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया