स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त 

स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा शेर्पालाई राजदूतमा नियुक्त गरेको जनाएको छ ।  

सरकारले गत जेठमा फुटीलाई राजदूतमा सिफारिस गरेको थियो।  उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राजदूत नियुक्त गरिएको थियो ।  ३०३८ सालमा जन्मेकी शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकी छोरी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।

हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी दावा फुटी अमेरिकामा अध्ययन गरेर केही समयअघि मात्र नेपाल फर्केकी हुन् ।