प्रचण्ड भन्छन्-म पनि द्वन्द्व पीडित, संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन प्रयासरत

प्रचण्ड भन्छन्-म पनि द्वन्द्व पीडित, संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन प्रयासरत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन प्रयासरत रहेकाे बताएका छन्।

संक्रमणकालीन न्यायलाई टुंगाेमा पुर्याउने   बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको उल्लेख गर्दै प्रचण्डले  त्यसैका लागि आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको बताएका हुन्

तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साे कुरा बताएका हुन्। द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए ।