मध्यरातमा ४५ बालबालिकाको उद्धार

मध्यरातमा ४५ बालबालिकाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो।

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको जानकारी दिनुभयो।

‘सडक बालबालिकाको उद्धार नियमित काम नै हो तर अहिले डेंगु र स्क्रब टाइफसजस्ता रोगहरूको जोखिम छ’, उहाँले भन्नुभयो– ‘सडक, गल्ली, फोहोर र खोलाका किनारमा बस्ने सडक बालबालिका झन् जोखिम हुने भएकाले उद्धार गरिएको हो।’

परिषद् र केन्द्रसहितको टोलीले रत्नपार्क, न्युरोड, वसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोकलगायतका स्थानबाट ३० बालक र १५ बालिकाको उद्धार गरेको छ। ती ३ देखि १८ वर्ष उमेर समूहका बालबालिका रहेको जनाइएको छ। ती बालबालिकामध्ये व्यावसायिक यौन पेसामा लागेका, लागूऔषध दुव्र्यसनीमा फसेका, लागूऔषध ओसारपसारमा प्रयोग गरिएका, सडकमा अलपत्र परेकालगायतको उद्धार गरिएको छ।

‘हामीले रत्नपार्कमा ग्राहक पर्खिरहेका यौन पेसामा लागेका बालिकाहरू थप जोखिममा पर्ने आशंकामा उद्धार गरेका छौं। अहिले उनीहरू सुरक्षित छन्।’ –केन्द्रका प्रहरी निरीक्षक दाहालले बताउनुभयो।याे खबर समाचारपत्रमा छ ।