काठमाडौं – सवारी जामका कारण रौतहटबाट काठमाडौं ल्याउँदै गरेकोे बिरामीको बाटोमै मृत्यु भएको छ ।
रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको नौबिसे–नागढुंगा सडकमा भएको सवारी जाम कारण बिहान ५ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृगौला बिरामी साहको पृथ्वीरामार्गस्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नौबिसले जनाएको छ । नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित भएको छ ।




प्रतिक्रिया