सल्यान – सल्यानमा तरकारी बोकेको पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी भाइते भएकी पुनको मृत्यु हुनेका कपुरकोट गाउँपालिका वडा नं. ४ किमुचौरकी ६७ वर्षीया कर्नी पुन रहेकी प्रहरीले जनाएको छ ।
शुक्रबार कपुरकोटमा लाग्ने हाट मेलामा तरकारी लिएर आउँदै गरेकी पुन दुर्घटनामा परेकी हुन । घाइते पुनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परि कपुरकोट ४ किमुचौरकै ६८ महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षकै टिकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ बर्षीय तिलक पुन र ३७ बर्षीय देबबहादुर पुन घाइते भएका छन् । उनीहरु सबैको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया