सिके राउतको चुनाव चिह्न ‘लाउडस्पिकर’

सिके राउतको चुनाव चिह्न ‘लाउडस्पिकर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कााठमाडौं – नेपालमा पृथकवादी आन्दोलन गर्दै आएका सिके राउतको ‘जनमत पार्टी’ले आगामी मंसिरमा हुने उपनिर्वाचनमा सहभागी हुने भएको छ ।

सरकारसँग २४ फागुनमा ११ बुँदै सहमति गरेर राजनीतिमा आएका राउतले २५ वैशाखमा दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले ६ जेठमा जनमत पार्टीलाई दल दर्ता गर्ने निर्णय गरेको थियो ।

संविधानअनुसार गतिविधि गर्ने भन्दै राजनीतिक दल दर्ता गराएका राउत नेतृत्वको पार्टीले चुनावी चिह्न लाउडस्पिकर पाएको छ । निर्वाचन आयोगले बिहीबार नयाँ नयाँ दर्ता भएका दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको थियो ।

मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपचिनर्वाचनका लागि ४८ दल दर्ता भएपनि २१ दलले मात्र चुनाव चिन्ह पाएका हुन् ।