काठमाडौं – पर्यटन क्षेत्रमार्फत मुलुकलाई महत्वपूर्ण योगदान दिएका उत्कृष्ट कम्पनीहरु पुरस्कृत भएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले उत्कृष्ट कम्पनीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।
पुरस्कृत हुने अन्य कम्पनीहरुमा सबैभन्दा बढी पर्यटक भित्राउने हवाई सेवा कम्पनीमा कतार एयरवेज पुरस्कृत भएको छ भने सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई पुरस्कृत गरिएको छ ।
त्यस्तै निजी क्षेत्रबाट पर्यटन गन्तब्यको विकास गरी योगदान पुर्याउने कालिन्चोक दर्शन प्रालि, पर्यटन क्षेत्रमा धेरै रोजगारी सिर्जना गर्ने सोल्टी होटल, निजी क्षेत्रबाट अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने द बेकर क्याफे प्राली, सामाजिक उत्तरदायित्व निर्वाहामा फिस्टेल लज पोखरा, सामुदायिक होमास्टेमा नाम्जेथुम्की सामुदायिक होमस्टे, धनकुटा निजी क्षेत्रको पर्यटन सम्बन्ध व्यवसायमा संलग्न कम्पनीमध्ये धेरै राजस्व दाखिला गर्नेमा बुद्ध एयर र पर्वतारोहण क्षेत्रमा सबैभन्दा धेरै पर्वतारोही ल्याएर धेरै रोयल्टी जम्मा गर्नेमा सेभेन समिट ट्रेक्स प्रालि रहेका छन् ।




प्रतिक्रिया