काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताएकी छिन्। समृद्ध नेपालका लागि सशक्त महिलाू भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्नसक्नेगरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताइन्। महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उनले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्ने बताइन्।’प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन । अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने हो,’ मन्त्री अर्यालले भनिन्, ‘महिला कमजोर हुन्छ भन्ने कुरा गलत हो । समानुपातिकमा जति सबै महिलाको चान्स छ र प्रत्यक्षमा पनि सबै महिलाको चान्स छ भनेर निर्वाचन प्रणालीमा पनि छलफल गर्नुपर्छ ।’
महिला भनेको समानुपातिकतिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउदै उहाँले समानुपातिकमा पनि र प्रत्यक्षमा पनि आधाआधी महिलापुरुष भएर चुनाव लड्नुपर्ने औल्याइन्।




प्रतिक्रिया