दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो : नेता सिंह

दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो : नेता सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन्। काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महँगी ह्वात्तै बढेको बताए।

‘दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन’, उनले भने। जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उनको भनाइ थियो।

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे। ‘सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन’, नेता सिंहले भने। नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए।