पत्रकारितामाथि व्यंग्य गर्दै प्रचण्डले भने -हुंदै नभएका समाचार आउन थालेपछि आफूहरु न्याय माग्नुपर्ने ठाउँमा पुगेयौं

पत्रकारितामाथि व्यंग्य गर्दै प्रचण्डले भने -हुंदै नभएका समाचार आउन थालेपछि आफूहरु न्याय माग्नुपर्ने ठाउँमा पुगेयौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रताको पक्षमा नेकपा रहेको बताएका छन ।

काठमाडौमा ‘दैनिक अनलाइन’को शनिवार शुभारम्भ गर्दै सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले पूर्ण प्रेस स्वतन्त्रताको लागि निश्चिन्त रहन आग्रह गरे ।

‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्न हामीहरुले नै पहल गरेका हौं । आगामी दिनमा पनि यही मर्म र भावना अनुसार अघि बढ्छौ ,त्यसमा तपाईहरु शंका नगर्नुहोस् । ’ कार्यक्रममा प्रचण्डले भने ।

प्रचण्डले मिडियामा नराम्रो समाचारले मात्र प्राथमिकतामा पाएकोमा चिन्ता व्यक्त गरे । उनले अपुष्ट समाचारका कारण आफुहरु नै न्याय माग्नुपर्ने ठाउंमा पुगेको दाबी गरे । सरकार काननु लगाएर प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभएको भन्दै उनले तर पत्रकार आफैं भने जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत आउने समाचार हेर्न र पढ्न नसकिने खालका हुने लागेको भन्दै त्यसतर्फ संचार माध्यम सजग बन्नुपर्ने धारणा राखे ।