बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ३ जना जेल चलान

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ३ जना जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्जा अपचलन मुद्दामा मुछिएका बैंक अफ काठमाण्डूका पूर्व सीईओ अजय श्रेष्ठसहित ३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । उच्च अदालत पाटनले शुक्रबार गरेको आदेशानुसार पूर्वसीईओ श्रेष्ठसहित बैंकका कर्मचारी किरणकुमार बोहरा र सुरेन्द्र श्रैष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि असोज ८ गते उच्च अदालत पाटनमा १६ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको थियो ।

अदालतमा उपस्थित गराइएका प्रतिवादीमध्ये सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिधर थपलिया र कृष्णबहादुर कार्कीलाई सरकारी कागजात किर्ते मुद्दामा थप अनुसन्धान गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय झापाको अनुरोधानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा फिर्ता पठाइएको छ ।

यस्तै, प्रतिवादीहरु पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, बिभु बिक्रम पन्त, सुष्मा शाहसँग ४० लाख धरौटी माग गरिएको उच्च अदालत पाटनका प्रवक्ता (उपरजिष्ट्रार) मोहन सुवेदीले जानकारी दिए । यस्तै, प्रतिवादीहरु भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीबाट ७९ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।