काठमाडौं । नेपाल प्रहरीमा तीन एसएसपी सहित ३५९६ जनाको दरबन्दी स्वीकृत भएको छ । गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा तीन एसएसपी सहित ३ हजार पाँच सय ९६ जनाको दरबन्दी स्वीकृत गरेको हो ।
उच्चस्रोतका अनुसार गृहमन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले जनपद समुहतर्फ दुई र प्राविधिक (प्रहरी संगीत बिद्यालय) तर्फ एक एसएसपीको दरबन्दी दुई चरणमा पदपूर्ति गर्नेगरी थप गरेको हो ।
त्यस्तै प्राविधिक सहित चार प्रहरी उपरीक्षक (एसपी), एक्काईस प्रहरी नायब उपरीक्षक (डिएसपी), ४७ प्रहरी निरीक्षक (इन्स्पेक्टर), ८६ प्रहरी नायब निरीक्षक (सई), दुई सय सन्तानब्बे प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ प्रहरी हवल्दार, दुई हजार दुई सय सोह्र प्रहरी जवान र दुई सय उन्चालीस प्रहरी कार्यालय सहयोगी पद छन् ।
दरबन्दी थप भएसंगै संगीत बिद्यालयका एसपी राजेन्द्र गुरुङ एसएसपीमा बढुवा हुने भएका छन् । त्यस्तै जनपद समुहतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद चार पुगेको छ ।




प्रतिक्रिया