काठमाडाैं—भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गर्ने गरी फेसबुकमा जथाभावी लेखेका भन्दै प्रहरीमा उजुरी परेकाे छ।
फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गराएको जनाइएकाे छ।
मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयरका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।
मेयर दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टबारे जाहेरी आएको र आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजी सुरु भइसकेको चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले जानकारी दिए।




प्रतिक्रिया