‘चिनियाँ उच्चस्तरीय भ्रमण छिट्टै’

‘चिनियाँ उच्चस्तरीय भ्रमण छिट्टै’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनबाट उच्चस्तरीय भ्रमणको अपेक्षामा रहेको बताएकी छन् ।

चीनका राष्ट्रपति सी चिनफिङ यसै महिनाको अन्तिम साता भ्रमण हुने कुरा अघि बढिरहँदा राजदूत होउले चीनको ७० औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा निकट भविष्यमा चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने बताएकी हुन् ।

‘मलाई लाग्छ, अब धेरै उच्चस्तरीय भ्रमणहरूले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ ऐतिहासिक विन्दुमा पुर्‍याउँछ,’ उनले भनिन् । केही समयअघि चीनबाट स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख सोङ ताओले नेपालको भ्रमण गरेको उनले उल्लेख गरिन् ।यो समाचार कान्तिपुर दैनिकमा छ ।