गृहमन्त्रीको निर्देशनपछि नौविसे–नागढुङ्गा सडकखण्डको जाम हट्यो

गृहमन्त्रीको निर्देशनपछि नौविसे–नागढुङ्गा सडकखण्डको जाम हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री राम बहादुर थापा ‘बादल’को निर्देशनपछि नौविसे–नागढुङ्गा सडकखण्डको जाम हटेको छ ।

केही दिनअघि काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा सडक अस्तव्यस्त भएपछि गृहमन्त्री थापाले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिएका थिए । सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचना अनुसार सवारी साधनको गति सामान्य रहेको र जाम हटेको हो ।

सडकमा अस्तव्यस्त सवारी जाम देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त समेत पारेको छ ।