कांग्रेसलाई योगेश भट्टराईको सुझाव : लोकतन्त्रवादीले अराजकताको घोडा चढ्न सुहाउँदैन

कांग्रेसलाई योगेश भट्टराईको सुझाव : लोकतन्त्रवादीले अराजकताको घोडा चढ्न सुहाउँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई अराजकतावादको घोडा नचढ्न सुझाव दिएका छन् ।

केही दिनदेखि क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई सरकारको विरोध गर्ने नाममा लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।’ भ्रष्टाचार विरोधी अभियानका नाममा सञ्चालित कतिपय गतिविधिहरु कांग्रेसको सहयोगमा भएको कतिपय आम नागरिकको बुझाई छ ।